६३ जिल्लामा एमालेको नयाँ नेतृत्व, अधिवेशन हुन बाँकी यी हुन् १४ जिल्ला (सूचीसहित) – Nepal Press

६३ जिल्लामा एमालेको नयाँ नेतृत्व, अधिवेशन हुन बाँकी यी हुन् १४ जिल्ला (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट ६३ भौगोलिक र गैरभौगोलिक जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी छ ।

त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई मध्यनजर गर्दै तय गरिने बताइएको छ ।

बाँकी १४ जिल्लाबाट नेतृत्व आएपछि सबै जिल्लाले नयाँ नेतृत्व पाउने छन् ।

विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने भएको छ ।

मधेस प्रदेशबाहेक ६ वटै प्रदेश सम्पर्क कमिटीका अधिवेशनहरु पनि सम्पन्न भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर