बालुवाटारमा सत्ता गठबन्धनको बैठक, चुनावबारे छलफल हुँदै – Nepal Press

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, चुनावबारे छलफल हुँदै

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । बैठकमा स्थानीय तहको निर्वाचनसँगै राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल हुने बताइएको छ । बैठकमा सत्ता गठबन्धनमा सम्बद्ध पाँच दलका शीर्ष नेता उपस्थित छन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंका बढेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।

सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर