प्रधानमन्त्री कप क्रिकेटमा सेमिफाइनलका दुवै खेल आज – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटमा सेमिफाइनलका दुवै खेल आज

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी-२० प्रतियोगितामा आज सेमिफाइनलका दुई खेलहरु हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा समूह‘ए’को विजेता नेपाल पुलिस क्लब र समूह‘बी’को उपविजेता बाग्मती प्रदेश भिड्नेछन् भने , दोस्रो खेलमा समूह‘बी’को विजेता टोली एपीएफ र समुह‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।

पुष १६ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।

पुलिस र एपीएफ आआफ्नो समूहमा अपराजित रहेर सेमिफाइनल पुगेका हुन् । यस्तै, बाग्मती तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सेमिफाइनल पुगेको हो । दुई खेलमा जित एक खेल हारेको आर्मीले प्रदेश एकसँग मैदान चिसो भएर खेल स्थगित भएपछि अंक बाँडेको थियो ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र वलरले समान २० हजार रुपैयाँ पाउनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर