भूमि आयोगमा चार जना सदस्य नियुक्त भएको सूचना करिब तीन महिनापछि राजपत्रमा – Nepal Press

भूमि आयोगमा चार जना सदस्य नियुक्त भएको सूचना करिब तीन महिनापछि राजपत्रमा

काठमाडौ । सरकारले राष्ट्रिय भूमि आयोगमा तीन जना विज्ञ सदस्यसहित ४ जना सदस्य नियुक्त गरेको सूचना करिब तीन महिनापछि राजपत्रमा प्रकाशित गरेको छ ।

राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दफा ३ को उपदफा एकको खण्ड ग बमोजिम तीन जना विज्ञ सदस्य र एक जना सदस्य गरेर चार जना नियुक्त गरिएको जानकारी भूमि, व्यवस्था सहरकारी तथा गरिवी निवारण मन्त्रालयले करिव ४ महिनापछि गराएको हो ।

प्रकाशित सूचना अनुसार राघो राय यादव (रौतहट) कानून विज्ञ सदस्य, टेकबहादुर शाह (डोटी) जग्गा नापजाँच विज्ञ सदस्य, वासुदेव हुमागाई (काभ्रेपलाञ्चोक) भूमि व्यवस्थापन विज्ञ सदस्यमा र दाताराम खनाल (इलाम) सदस्य नियुक्त भएको मन्त्रालयका प्रवक्तासमेत निमित्त सचिव जनकराज जोशीले राजपत्रमा सोमबार मात्र सूचना प्रकाशित गर्दै जानकारी गराएका हुन् । तीन जना विज्ञ सदस्य र एक जना सदस्य गरेर ४ जना सदस्य गत कात्तिक ११ गते बसेको मन्त्रिपरिष्द बैठकले नियुक्त गरेको थियो ।

सदस्य नियुक्त भएको चार महिनापछि राजपत्रमा किन प्रकाशित भयो भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता जोशीले केहि समय ढिलो गरेर मन्त्रालयले सूचना पठाएको र मुद्रण विभागमा पनि सूचना धेरै भएको हुनाले पालै पालो प्रकाशित गर्दा ढिलो भएको हुनसक्ने बताए ।

उनले भने, ‘के कहिले सूचना पठाइएको हो मलाई ठ्याक्क याद छैन । जे होस नियुक्त भएको भन्दा केहि समय ढिलो नै सूचना पठाएको हो । मुद्रण विभागमा पनि धेरै सूचना थिए होला । उसले पनि केहि ढिलाई गरेर प्रकाशन गरेको हुनसकन्छ ।’

पुष २१ गते बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका जिल्ला समिति अध्यक्ष नियुक्त गरेर नियुक्ती पत्र दिइसकेको छ । तर, २८ जिल्लाका अध्यक्ष नियुक्त भएको सूचना पनि अझै राजपत्रमा प्रकाशित गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *