मेयरसहित १५ जना कर्मचारीलाई कोरोना संक्रमण, नगरपालिका बन्द – Nepal Press

मेयरसहित १५ जना कर्मचारीलाई कोरोना संक्रमण, नगरपालिका बन्द

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिका ४ दिन बन्द गरिएको छ ।

कोरोनाको संक्रमण थप फैलिन नदिन भन्दै नगरपालिकाले ४ गतेदेखि ७ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिने जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सोमवार सूचना जारी गर्दै नगरपालिका कार्यालयको बैठकले ७ माघसम्म सेवा बन्द गर्ने निर्णय गरेको जनाएका छन् ।

कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टीजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर