प्रदेशको नाम टुंग्याउन मतदान जारी – Nepal Press

प्रदेशको नाम टुंग्याउन मतदान जारी

जनकपुरधाम । प्रदेश २ प्रदेशसभा बैठकमा अहिले प्रदेशको नाम टुग्यांउन मतदान जारी छ । प्रदेशसभामा रहेको १०४ सांसदमध्ये उपस्थित ९९ सांसदले मतदान गर्नेछन् ।

प्रस्तावित मधेस, मध्य मधेस, मिथिला भोजपुरा र जानकी नाममा मतदान भइरहेको छ । प्रमुख सत्तारुढ जसपा, सत्तारुढ माओवादी केन्द्र र प्रतिपक्षी लोसपा मधेसको पक्षमा छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस मिथिला भोजपुरा प्रस्ताव गरेको छ । अर्का सत्तारुढ दल नेकपा एकिकृत समाजवादी र प्रतिपक्षी नेकपा एमाले भने जानकी प्रदेश नाम प्रस्ताव गरेका छन् ।

नेपाली काँग्रेसका साँसद राजेश्वर प्रसाद साहले भने मध्य मधेस प्रस्ताव दर्ता गराएका छन् ।

मधेसको पक्षमा रहेका जसपा, लोसपा र माओवादीसँग ६३ सांसद छन् । तर दुई तिहाई बहुमतका लागि ७ सांसद अपुग छन् । यदि अन्य दलका सांसदले क्रस मतदान गरेन भने प्रदेशको नाम टुंगो नलाग्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर