२५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रम स्थगन गर्न एमालेको सर्कुलर – Nepal Press

२५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रम स्थगन गर्न एमालेको सर्कुलर

काठमाडौं ।

नेकपा (एमाले) २५ जनाभन्दा बढीको सहभागिता रहने सबैखाले कार्यक्रम स्थगन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

सोमबार आन्तरिक सर्कुलर जारी गर्दैै एमालेले कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर मात्रै कार्यक्रम गर्न निर्देशन दिएको हो ।

यस्ता छन् एमालेको निर्देशन :

–  काेभिड -१९ प्राेटाेकललाई ध्यानमा राख्दै सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्ने ।

– २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने ।

– पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्ने ।

– पार्टीका स्थानीय कमिटी, नेता-कार्यकर्ता र जनप्रतिनिधिहरू कोभिड– १९ को महामारीका विरुद्धमा आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर