विप्लव र गोपाल किरातीको पार्टीबाट विद्रोह गरी वैद्य नेतृत्वको माओवादीमा प्रवेश – Nepal Press

विप्लव र गोपाल किरातीको पार्टीबाट विद्रोह गरी वैद्य नेतृत्वको माओवादीमा प्रवेश

काठमाडौं । नेता गोपाल किरातीमा वैचारिक विचलन आएको भन्दै उनले नेतृत्व गरेको माओवादी कम्युनिष्ट पार्टीका तीन जनाले पार्टी परित्याग गरेका छन् ।

किरातीसँग असन्तुष्ट नेताहरुले पार्टी परित्याग गरी मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्त्किारी माओवादी) रोजेका हुन् ।

सोमवार ललितपुरका आयोजित कार्यक्रममा सचिवालय सदस्य विमल निरौला, केन्द्रीय सदस्यहरु प्रकाश राई र गणेश निरौला क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई वैद्यले पार्टीमा स्वागत गरेका थिए ।

त्यस्तै नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट पनि वैद्य नेतृत्वको माओवादीमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा पुष्कर श्रेष्ठ, तारा थापा, केदार खतिवडा, जी पी चौलागाई, ज्ञानेन्द्र बुढाथोकी, राम वहादुर तिरुवा, प्रभात भटाराई, हिरा शाही, युवराज पराजुली, शिवहरी घिमिरे मेलम योन्जन लगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *