कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीको मनोबल बढ्ने योजना ल्याऊ : स्वास्थ्यकर्मी संघ – Nepal Press

कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीको मनोबल बढ्ने योजना ल्याऊ : स्वास्थ्यकर्मी संघ

काठमाडौं । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनासँग जुध्न स्वास्थ्यकर्मीहरुकाे मनाेबल बढ्ने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले दिने भनेकाे प्राेत्साहन भत्तासमेत अहिलेसम्म पूर्ण रुपमा नपाएको स्मरण गराउँदै संघले स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्था गरी निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न माग गरेको हो ।

सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता समेत अहिलेसम्म पनि पूरा नदिइएकाले तत्काल दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

यस्तै खोप केन्द्रको भिडभाड नियन्त्रणका लागि पर्याप्त स्वास्थ्य स्वयम सेवक र सुरक्षार्की परिचालन गर्न पनि संघले माग गरेको छ ।

सरकारले अहिलेसम्म कुल जनसंख्याको दुईतिहाइ जनसंख्यालाई पूर्ण खोप र चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण खोप दिने प्रतिवद्धता जनाएपनि अहिलेसम्म काम नभएको स्मरण गराउँदै विशेष योजना बनाएर खोपको कभरेज बढाउन पनि माग गरेको छ ।

करारमा रहेको स्वास्थ्यकर्मीहरुको म्याद थप गर्न माग गर्दै संघले संघ र प्रदेशबाट हुने समायोजन, स्तरवृद्धि, सरुवा र बढुवा लगायतका नियमित काममा हुने अपारदर्शीता बन्द गर्न पनि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर