स्थानीय तहका छाता संगठनको चेतावनी- सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरोस्, नत्र संवैधानिक संकट – Nepal Press

स्थानीय तहका छाता संगठनको चेतावनी- सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरोस्, नत्र संवैधानिक संकट

काठमाडौं । नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय निर्वाचनको प्रक्रिया सुरू गर्न माग गरेका छन् ।

तीनवटै संस्थाका अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै संविधानतः निर्वाचित स्थानीय तहहरूको कार्यकाल समाप्त हुँदै गरेको र संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको भन्दै निर्वाचन प्रक्रिया सुरू गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

‘निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरू गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको स्मरण गराउँदै समयमा नै आवधिक निर्वाचन होस् र एकदिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर