पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण, भेटघाट र मन्त्रालयका काम स्थगित – Nepal Press

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण, भेटघाट र मन्त्रालयका काम स्थगित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

स्वीकय सचिव हेमन्त रेग्मीले आफू र मन्त्री आले दुबैलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । संक्रमण पुष्टि भएसँगै मन्त्री आलेले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेको उल्लेख गरेका छन् ।

दुबैजनालाई सामान्य लक्षण मात्र देखिएको र अवस्था सामान्य रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर