मिचिएको भूमि फिर्ता लिन र कोरोनासँग जुध्न सर्वदलीय बैठक आवश्यक छ- नैनसिंह महर – Nepal Press

मिचिएको भूमि फिर्ता लिन र कोरोनासँग जुध्न सर्वदलीय बैठक आवश्यक छ- नैनसिंह महर

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले लिम्पियाधुरा, लिपुलेक लगायत भारतले मिचेको भूमि फिर्ता ल्याउन र कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा जुध्न सर्वदलीय बैठकको आवश्यकता औल्याएका छन् ।

सोमबार विहान ‘परराष्ट्र सम्बन्ध एकेडेमिक फोरमले’ आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका महरले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति सबै राजनीतिक दलले आपत्ति जनाउनु भएको छ । हिजो सरकारले पनि आफ्नो धारणा राखेको छ । अब प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक बोलाएर यो आवाजलाई एकीकृत गर्नुपर्छ । मुलुकका सबै शक्ति एक ठाउँमा उभ्याएर भारतसँग निर्णायक वार्ताका लागि सरकारले अग्रसरता लिनुपर्छ ।’

महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यका साथ भारतसँग अबिलम्ब वार्ता सुरु गर्नुपर्ने महरको भनाइ छ ।

दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट वार्ता गर्नुको विकल्प नगरेको उनले बताए ।

यस्तै उनले कोरोनाको तेस्रो लहर तीव्र रुपमा फैलिएकाले नागरिकलाई जोगाउन सरकाले उचित पहल गर्नुपर्ने महरले बताए ।

‘पीसीआर टेस्ट गरेका मान्छे मध्ये २५ प्रतिशतमा कोरोना संक्रमण भेटिएको छ । तेस्रो लहरबाट नागरिकलाई जोगाउन सरकार एकलैको प्रयत्नले मात्र सम्भव छैन । सबैराजनीति दललाई साथमका लिएर सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नु आजको आवश्यकता हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक राखेर कोरोना रोकथाम तथा निणन्त्रणका लागि सबै राजनीतिक दलको साथ सहयोग लिनुपर्छ । यति बेला सबैले सरकारलाई सघाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर