रियल मड्रिडले जित्यो स्पेनिस सुपर कप – Nepal Press

रियल मड्रिडले जित्यो स्पेनिस सुपर कप

एजेन्सी । रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २-० ले हराउँदै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो ।

१० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिच र करिम बेन्जेमाले १-१ गोल गरे । रोड्रिगोको पास सदुपयोग गर्दै लुका मोड्रिकले खेलको ३८औं मिनेटमा रियललाई अग्रता दिलाए । ५२औं मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै बेन्जेमाले अग्रता दोब्बर पारे । खेलमा त्यसयता गोल हुन सकेन ।

खेलको ८७औं मिनेटमा रियल १० खेलाडीमा समेटियो । इडर मिलिटाओले सिधै रातो कार्डको सामना गरे । त्यसको एक मिनेटपछि नै पाएको पेनाल्टी एथ्लेटिकोले सदुपयोग गर्न सकेन । राउल गार्सियाले पाएको पेनाल्टी सदूपयोग गर्न नसक्दा एथ्लेटिको गोलविहीन बनेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर