‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा – Nepal Press

‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

काठमाडौं । सिन्ह्वा समाचार संस्थाका वरिष्ठ पत्रकारद्वारा लिखित गैह्र—काल्पनिक पुस्तक मेन्ड अर एन्ड (चिनियाँ पत्रकारको नजरमा नेपाल) को नेपाली संस्करण बजारमा आएको छ ।

ग्रेगोरियन सम्वत् २०२२ को नयाँ वर्षको तेस्रो हप्ताको शुरुवातमा देशभरका पुस्तक पसलहरुमा पुस्तक बजारमा आएको हो । पुस्तकको शीर्षक ‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ रहेको छ भने अन्य उपशीर्षक राखिएको छैन् ।

प्रखर लेखक चाउ शेङ्गपिङ्ग एक दशकदेखि यो हिमाली राष्ट्रमा काम गर्दै आएका छन् । नेपाल र चीनको राष्ट्रिय संचार माध्यममा आएका एक दर्जन भन्दा धेरै समालोचना सहित सन् २०२१ अप्रिलमा यो पुस्तक प्रकाशन भए देखि यता उनको यो पहिलो अंग्रेजी पुस्तक हो ।

काठमाडौंमा कार्यरत यी पत्रकारले चीन तथा चिनियाँ नजरबाट आफ्नो देशलाई हेर्ने दृष्टिकोण थाहा पाउन् भन्ने उद्देश्यले नेपाली जनताको लागि आफ्नै राष्ट्रिय भाषामा यो नेपाली संस्करण लिएर आएका हुन् ।

पुस्तकको लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल एकेडेमीका चान्सलर गंगा प्रसाद उप्रेती, काठमाडौं स्कुल अफ ल का प्राध्यापक युवराज संग्रौलाले प्रस्तावना लेखेका छन् ।

यो नेपाली पुस्तकलाई सन् २०२१ डिसेम्बरमा जनता प्रकाशनले प्रकाशित गरेको छ भने यसको बिक्री मूल्य रु. ३५० रहेको छ ।

नेपाली संस्करणको यो पुस्तकलाई राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन गरि पाँच अध्यायमा बाँडिएको छ ।

२४० पृष्ठ लामो यो पुस्तकमा ४३ वर्षीय लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरुको माध्यमद्वारा आफ्नो नीजि अनुभव र अन्य घटनाहरुलाई सार्वजनिक गरेका छन्। यो पुस्तक तिनै लेख, विश्लेषण, अन्तर्वार्ता, समाचार र विचारहरुको संग्रह हो ।

आफ्नो प्रस्तावनामा विचार प्रस्तुत गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालका लागि बहुपक्षीय सल्लाह र सुझावहरु संकलित भएको पुस्तकको स्वरुपमा यो एक अमूल्य उपहार भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर