काठमाडौं विश्वविद्यालयले दियो माघ १५ सम्म विदा – Nepal Press

काठमाडौं विश्वविद्यालयले दियो माघ १५ सम्म विदा

काठमाडौं । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं विश्वविद्यालयले माघ १५ सम्म विदा दिने निर्णय गरेको छ ।

आज एक सूचना जारी गर्दै विश्वविद्यालय केन्द्रीय हाताभित्र रहेका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ्का विद्यार्थीहरुका लागि माघ १५ सम्म विदा दिने निर्णय गरेको हो ।

विश्वविद्यालयले पूर्वनिर्धारित कार्यक्रमहरु भने सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार यथावत सञ्चालन हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर