प्रधानन्यायाधीशमाथि छानबिन मागको रीट सर्वोच्चद्वारा दरपीठ – Nepal Press

प्रधानन्यायाधीशमाथि छानबिन मागको रीट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध परेको रीट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । अधिवक्ता माधवकुमार बस्नेतले प्रधानन्यायाधीश राणाविरुद्ध लागेका आरोपहरू गम्भीर प्रकृतिका भएकाले छानबिन गर्नुपर्नेलगायत विषयमा परमादेश माग गर्दै दायर गरेको रीट सर्वोच्च प्रशासनले दरपीठ गरेको हो ।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठमार्फत सो रीटमा उठाइएका विषय सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र नपर्ने आदेश गरेका हुन् ।

‘निवेदकले निवेदनमा जिकिर लिएको विषय यस अदालतको अधिकार क्षेत्रभित्र नपर्ने भएकाले अधिकार क्षेत्र नै नभएको विषयमा लिइ आएको प्रस्तुत निवेदन सर्वोच्च अदालत नियमावली २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन’, आदेशमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर