चीनमा एमबीबीएस अध्ययनरत् विद्यार्थी आन्दोलित, इन्टर्नसिपमा आयोग बाधक भएको आरोप – Nepal Press

चीनमा एमबीबीएस अध्ययनरत् विद्यार्थी आन्दोलित, इन्टर्नसिपमा आयोग बाधक भएको आरोप

काठमाडौं । चीनमा एमबीबीएस गरि नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै फेरि विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

सरकारले नेपालमा नै इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेपनि चिकित्सक शिक्षा आयोगले आलटाल गरिरहेको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

उनीहरुले विभिन्न माग गर्दै आजबाट आन्दोलन घोषणा गरेका हुन् ।

अहिलेको विषम परिस्थितिमा मन्त्रिपरिषद्बाट आफ्नै देशमा इन्टर्नसिप गर्न पाउनेगरी निर्णय हुँदा पनि आयोगले ढिलासुस्ती गर्न नहुने उनीहरुको भनाई छ ।

कोभिड तीव्ररुपमा बढिरहेको अवस्थामा सरकारी अस्पताल वा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्नसिपको अवसर भएमा सरकारी र विद्यार्थी दुबै पक्षलाई फाइदा हुने भएकाले विलम्ब नगर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

विद्यार्थीहरुको मागलाई नजरअन्दाज गर्दै आयोगले कार्यदल गठनको नाममा आलटाल गरेको आरोप पनि विद्यार्थीहरुको छ ।

विद्यार्थीहरुले मन्त्रिपरिषद् बैठकले आयोगका उपाध्यक्षलाई जिम्मेवारी दिएको स्मरण गराउँदै आफ्ना माग पूरा नभए तत्काल राजीनामा दिन माग पनि गरेका छन् ।

यस्ता छन् मागहरु

  1. मन्त्रिपरिषदद्वारा चिकित्सक शिक्षा आयोगका उपाध्यक्षज्यूलाई सुम्पिएको कार्यभार अविलम्ब कार्यदल गठन गरि हाम्रो भविष्य सुनिश्चित गरियोस र उपाध्यक्षज्यूले जिम्मेवारी बोध नगर्ने भए, तत्काल राजिनामा को माग गर्दछौं ।
  2. सरकारभन्दा ठूलो कुनै व्यक्ती हुदैन त्यसैले उपाध्यक्षज्यूले हाम्रो भविष्यमाथी खेलबाड गर्न पाइदैन ।
  3. सरकार हाम्रो भविष्यप्रति सकारात्मक छ तर उपाध्यक्षज्यू किन गैर जिम्मेवार ? हाम्रो भविष्य सुनिश्चित गर्ने अभिभारालाई हल्कामा नलिइयोस ।
  4. के हाम्रो भविष्य भन्दा उपाध्यक्षज्यू को दम्भ ठूलो होत ?
  5. देशको स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान कहिले ?
  6. निर्णयको सम्बोधनमा ढिलासुस्ती किन ? के यो चिकित्सक शिक्षा आयोगको दादागिरी हो ?
  7. कोभिड संक्रमितहरुको संख्या बढ्दै गर्दा देशलाइ दक्ष जनशक्तिको खाँचो पर्दा हाम्रो व्यवस्थापनमा किन ढिलासुस्ती ?
  8. नेपाल सरकार प्रधानमन्त्री, शिक्षा मन्त्रालय, स्वास्थ मन्त्रालय, एनएमसी चिकित्सक शिक्षा लगायत सरोकारवाला निकायहरुलाइ हाम्रो शिघ्र व्यवस्थापन गर्न गुहार ।
  9. सम्भावित निशेधाज्ञालाई ध्यानमा राखी हाम्रो मागहरु अविलम्ब पूरा गरियोस् ।
  10. चीन एमबीबीएस अध्ययन गर्ने २०१५ र २०१६ का इन्टर्नसिप ब्याचका सम्पूर्ण विद्यार्थीहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर