नेपालबाट लगिएकाे सहायता अफगानिस्तानमा राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण – Nepal Press

नेपालबाट लगिएकाे सहायता अफगानिस्तानमा राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण

काठमाडौं । संकटउन्मुख अफगानिस्तानका लागि नेपालले पठानएको मानवीय सहायता त्यहाँस्थित राजधानीमा पुगेको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको नेतृत्वमा पुगेको नेपाली टोलीले काबुल विमानस्थालमा सहायता हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० टन मानवीय सहायता सहसचिव लम्साले संयुक्त राष्ट्रसंघ महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई हस्तान्तरण गरेकी थिइन् ।

सहायता लिएर जाने टोलीलाई परराष्ट्रमन्त्री नारायण खड्काले बिहान त्रिभुवन विमानस्थलमा विदाइ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर