लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण – Nepal Press

लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण

लमजुङ । लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

जिल्ला अस्पतालमा एन्टिजेन गर्दा एकैदिन यतिका धेरै संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार शनिबार चार पुरुष र चार महिनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुने अधिकाशंमा रुघाँखोकी, ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने समस्या लिएर अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । शनिबार संक्रमण पुष्टि हुने आठजनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये ६ जना होम आइसोलेशनमा रहेको र दुईजना अस्पतालको आइसोलेसनमा उपचाररत रहेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

पछिल्लो साता अस्पताल आउने अधिकाशं बिरामीको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर