चितवनमा बेहुली सजाउने प्रतियोगिता – Nepal Press

चितवनमा बेहुली सजाउने प्रतियोगिता

चितवन । चितवनमा बेहुली सजाउने प्रतियोगिता गरिएको छ । अभिमन्यू ट्रेडर्सको आयोजनामा पायस कस्मेटिक्स ब्राण्डले गरेको प्रतियोगितामा १६ जना व्यूटिसियनहरुले सहभागिता जनाएका थिए ।

ब्राइडल मेकअप कम्पिटिसनमा माडी बसन्तपुरकी विष्णु थापा मगरले प्रतियोगिताको उपाधि जितेका छन् । उनी ४ वर्षदेखि गिरवानी यूनिसेक्स पार्लरको सञ्चालक हुन् ।

फष्ट रनरअप लोथरकी विमला डल्लाकोटी पाठक, सेकेण्ड रनरअप खैरहनी पर्साकी मनिका विके, थर्ड रनरअप चनौलीकी आरती ढकाल तामाङ बनेका छन् ।

यस्तै छनौट प्रक्रियाबाट फाइनल राउण्डमा पुगेकाहरुलाई विभिन्न १२ वटा सवटाइटलका अवार्डहरु दिइएको छ ।

वेष्ट हेयर डिजाइन कृष्णपुरकी शान्ती न्यौपाने, वेष्ट मेहन्दी डिजाइन टाँडीकी जुना महतो, वेष्ट स्माइली खोलेसीमलकी पुनम लामा, वेष्ट आइमेकअप पदमपुरकी अनिता भट्टराई, वेष्ट पर्सालिटि भरतपुरकी सिता दराई, वेष्ट पर्फमेन्स लोथरकी निर्मला कालाखेतीले अवार्ड पाए ।

यस्तै वेष्ट प्रडक्ट फर्ममेन्स कृष्णपुरकी रश्मी महतो, वेष्ट करेक्ट अफ फाउण्डेसन टाँडीकी अदिती बुढाथोकी, वेष्ट कन्टोरिङमा नारायणगढकी नमिता श्रेष्ठ, वेष्ट वाक भरतपुरकी अञ्जु थापा, वेष्ट डिसप्लिन भण्डाराकी रोजिना चौधरी, वेष्ट ड्रेस सेलेक्सनमा खैरहनीकी ज्योति सुवेदीले अवार्ड पाए ।

उत्कृष्ट ४ जनालाई आकर्षक उपहार दिइएको थियो । अन्य विधाका विजेतालाई समेत उपहारहरु दिइएको थियो । विजेताहरुलाई लायन्स क्लब गोल्डेन लेडिजका अध्यक्ष अनिता अधिकारीले पुरस्कार वितरण गरिन् ।

निर्णयकहरुमा ल्यासेस मेकअप स्टुडियो काठमाडौंका मेकअप आर्टिस ज्योति लिम्बु र ड्रिम मेकअप स्टुडियो बुटबलका मेकअप आर्टिस श्रेया केसी रहेका थिए । हेटौडा सपनाज मेकअप स्टुडियोका सपना श्रेष्ठ लामिछानेले प्रतिस्पर्धीहरुलाई ४ दिन तालिम दिएकी थिइन् ।

अभिमन्यू ट्रेडस प्रोपाइटर सुमी नेपालले प्रतिस्पर्धाले व्यूटिसियनहरुलाई हौसला मिलेको बताइन् । मेकअपमा भित्रिएका नयाँ शैलीबारे प्रतिस्पर्धीले जानकारी लिन पाएको बताइन् । दुलहीलाई सिर्गान ३ घण्टा बढी समय लाग्छ । बेहुली सजाएको पार्लरहरुमा १० हजार बढी रकम तिर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर