प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई पराजित गर्दै बागमती सेमिफाइनलमा – Nepal Press

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई पराजित गर्दै बागमती सेमिफाइनलमा

काठमाडौं । गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा स्थान बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रनको योगफल तयार गरेको थियो । बागमतीले दिएको विजयी लक्ष्य पक्ष्याउनेक्रममा गण्डकी २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सफल भयो ।

गण्डकीको ब्याटिङमा कमल परियार ११ रन, विधान श्रेष्ठ, दिपक डुम्रे, सन्दीप क्षेत्री, गोभिन्द विक र कप्तान विशाल पौडेलले समान १० रनको योगदान गर्न सफल भए । ब्याटिङ नचलेको गण्डकीका लागी कुनै पनि खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बागमतीको वलिङमा नन्दन यादव, विपिन आचार्य र सुवास कार्कीले समान २ विकेट लिए भने, रिजन ढकाल, प्रतिस जिसी र रामनरेश गिरीले समान १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रको योगदान गरे भने ओनर सुबास खकुरेल र आठौं नम्बरमा क्रिजमा आएका प्रतिश जिसीले समान २७ रन जोडेर पभेलियन फर्किए । लक्कि कठायत १७ रन र नन्दन यादव १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

गण्डकीको वलिङमा कृष्ण पौडेल र विशाल पौडेलले समान २ विकेट लिए भने अशोक श्रेष्ठ, सुवास भण्डारी र कमल परियारले समान १ विकेट लिए ।

बागमतीको जितसँगै प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ ।

मंगलबार हुने सेमिफाइनलमा समूह ‘बी’को दोस्रो स्थानमा रहेको बाग्मतीले समूह ‘ए’को शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को सेमिपलाइनलमा समुह ‘बी’को शिर्ष स्थानमा रहेको एपीएफ क्लब र समुह ‘ए’को दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर