स्वच्छ र धाँधलीरहित पुनः निर्वाचन हाम्रो बटमलाइन : अनिता गुरुङ (भिडिओ) – Nepal Press
एनआरएनए जापान विवाद

स्वच्छ र धाँधलीरहित पुनः निर्वाचन हाम्रो बटमलाइन : अनिता गुरुङ (भिडिओ)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको वर्तमान कार्यसमिति अवैधानिक भएको बताउँदै तत्काल पुनः निर्वाचन गर्न अध्यक्षकी प्रत्यासी अनिता गुरुङले माग गरेकी छिन् ।

शनिबार नेपाल प्रेससँग कुरा गर्दै उनले गत जुलाइ ३० मा भएको परिषद्को चुनाव धाँधलीपूर्ण भएको भन्दै तत्काल निर्वाचन हुनुपर्ने माग गरेकी हुन् । अहिले उनी ब्युँताइएको पुरानै कार्यसमिति अध्यक्ष समेत हुन् ।

जनवरी १२ मा बसेको कार्यसमितिको बैठकले गुरुङलाई अध्यक्षमा चुनेको छ । ‘एनआरएनए जापानमा निश्पक्ष तथा धाँधलीरहित चुनाव जतिसक्दो चाँडो हुनु जरुरी छ’ गुरुङले भनिन्, ‘चुनावमा धाँधली गरेर बनेको कार्यसमिति बैधानिक पनि छैन र यसले एनआरएनएन अभियानलाई बोक्न पनि सक्दैन ।’

परिषद्को चुनाबमा इमेलमार्फत फर्जी मतदान भएको र आफूलाई नियतवश हराइएको आरोप गुरुङको छ । १७ सयभन्दा धेरै फर्जी मत इमेलमाफर्त हालिएको भन्दै उनले यस्तो चुनाव प्रक्रिया विश्वसनिय समेत नभएको बताइन् ।

चुनावमा भएको धाँधली र पुनः चुनाव हुनुपर्नेबारे अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई भनिएको तर, यसबारे केन्द्रिय नेतृत्व गम्भीर नभएको अनिताको गुनासो छ । ‘हामीले उहाँहरुसँग धेरैपटक यसबारे भनेका छौं तर गम्भीर पाएनौं । न्याय नमिलिञ्जेल हाम्रो संघर्ष जारी रहन्छ’ उनले भनिन् । आफूहरुको बटमलाइन निश्पक्ष र पारदर्शी चुनाव भएको बताउँदै गुरुङले प्रारम्भिक सदस्यको रुपमा रहेका विद्यार्थीलाई समेत मताधिकार दिइनु गलत भएको बताइन् ।

पछिल्लो समय एनआरएनए अभियान आफ्नो उद्देश्यबाट बिमुखबाट भएको बताउँदै अनिताले संस्थालाई राजनीतिकभन्दा सामाजिक संस्थाको रुपमा अघि बढाइनुपर्ने बताइन् । ‘हामी बेलैमा सचेत भएनौं भने धेरै ढिला हुन्छ’ भन्छिन्, ‘एनआरएनए अब आफ्नै उद्देश्यमा फर्कनुपर्छ ।’

अर्को एक प्रश्नमा उनले विवादलाई साम्य पार्न सरकार र परराष्ट्र मन्त्रालयको गुहारेको भन्ने आलोचनाहरुको खण्डन गरिन् । उनी विगत १४ वर्षदेखि जापानमा बस्दै आएकी छन् । 

हेर्नूस भिडिओ संवाद :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर