एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित – Nepal Press

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्लाको अधिवेशन स्थगित भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि सिन्धुपाल्चोक एमालेको ९औं अधिवेशन स्थगित भएको हो ।

जिल्ला नेतृत्व चयनका लागि माघ २ गतेको कार्यक्रम स्थगित भएको निर्वाचन अधिकृत शशिनाथ आचार्यले बताए ।

जिल्ल प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन सूचना जारी गरेको कारण पनि स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै विभिन्न पदका उम्मेदवार स्वयमं कोरोना संक्रमित भएका कारण पनि मिति संशोधन गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ ।

नयाँ कार्यतालिका प्रकाशन भएको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर