युवा संघले गठन गर्‍यो महाधिवेशन आयोजक कमिटी (सूचीसहित) – Nepal Press

युवा संघले गठन गर्‍यो महाधिवेशन आयोजक कमिटी (सूचीसहित)

काठमाडौं । नेकपा एमाले निकट युवा संघले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

पोखरामा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यसअघिको कमिटी भंग गरी आयोजक कमिटी गठन गरेको हो ।

आयोजक कमिटी संयोजक किरण पौडेल रहेका छन् । यस्तै सह संयोजकमा सञ्जित कुमार झा, क्रान्ति बुर्लाकोटी तोकिएका छन् ।

यसअघिका सबै पदाधिकारी कार्यालय सदस्य र विभागका प्रमुख बनेका छन् ।

संयोजक पौडेल र सहसंयोजक झा एमाले केन्द्रीय सदस्य हुन् ।

अर्की सह संयोजक क्रान्ति बुर्लाकोटी १० बुँदे सहमतिपछि एमालेमा रहेको समूहबाट सह संयाजक बनाइएको हो ।

१० बुँदे समूहबाटै कृष्णहरी केसी कार्यालय सदस्य बनेका छन् ।

युवा संघले १३ सदस्यीय कार्यालय टिम बनाएको छ ।

कार्यालय सदस्यको नाम घोषणा गर्दै युवा संघका इञ्चार्ज महेश बस्नेतले प्राविधिक कारण पदाधिकारी घोषणा नभएपनि कार्यालय सदस्यहरु नै पदाधिकारी हैसियतमा रहने बताए ।

मूल आयोजक कमिटी संयोजक – किरण पौडेल

सह संयोजक – सन्जीव झा र क्रान्ति बुर्लाकोटी

संगठन विभाग – क्षितिज थेबे

उद्योग विभाग तथा कार्यालय सदस्य – कृष्णहरि केसि

युथफोर्स विभाग – पुष्प श्रेष्ठ

स्कुल तथा नेत्रित्व बिकास विभाग – रमेश आचार्य

कार्यालय विभाग – रामजी सापकोटा

प्रकाशन विभाग – सम्राट गौचन

प्रचार विभाग – महाराज गुरुङ

मानव अधिकार विभाग – सुनिता कार्की

महिला विभाग – उर्मिला सुनुवार

पर्यटन विभाग – सीता सुवेदी

कानून विभाग – बिष्णुराज बिसी

स्वयमसेवक विभाग – राकेश राई

निर्वाचन आयोग प्रमुख – हिमेश केसी

निर्वाचन आयोग उप प्रमुख – बाबु छत्कुली

अनुशासन आयोग प्रमुख – दिनेश थापा

लेखा आयोग प्रमुख – प्रकाश लामिछाने

१ प्रदेश इन्चार्ज – अन्जना अधिकारी

२ प्रदेश इन्चार्ज – सत्य नारायण यादव

बागमती प्रदेश इन्चार्ज – अमित लामा

गण्डकी प्रदेश इन्चार्ज – सन्तोष रावल

लुम्बिनी प्रदेश इन्चार्ज – सुमन पुरी

कर्णाली प्रदेश इन्चार्ज – राजन थापा

सुदूरपश्चिम प्रदेश इन्चार्ज – बिसनाथ चन्द

अन्तर जिल्ला प्रदेश इन्चार्ज – बलरामा वेल्बासे

सदस्यहरु

अमित लामा

क्षितिज थेवे

सन्तोष रावल

अञ्जना अधिकारी

रमेश आचार्य

विष्णु घिमिरे

पुष्प श्रेष्ठ

रामजी सापकोटा

सुमन पुरी

उर्मिला सुनुवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर