अनामनगरमा थारु समुदायको माघी महोत्सव (तस्बिरहरु) – Nepal Press

अनामनगरमा थारु समुदायको माघी महोत्सव (तस्बिरहरु)

काठमाडौं । अनामनगरमा थारु समुदायको माघी महोत्सव सम्पन्न भएको छ । कोरोना महामारीका कारण विगत दुईवर्षदेखि काठमाडौंको टुंडिखेलमा महोत्सव आयोजना हुन सकेको छैन् ।

कोभिड १९ संक्रमण जोखिमलाई मध्यनजर गर्दै थारु समुदायले अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा माघी महोत्सव आयोजना गरेका हुन् ।

महोत्सव थारु परिकारका केही स्टलहरु राखिएको थियो ।

महोत्सवमा भक्का, हाँसको छोइला, घुँगी लगायतका परिकारहरु थिए ।

थारुहरुले नयाँ वर्षको रुपमा मनाउने माघी तराईका जिल्लाहरुमा धुमधामले मनाउने गरिन्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर