फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि बुस्टर डोज दिने सरकारको निर्णय – Nepal Press

फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि बुस्टर डोज दिने सरकारको निर्णय

काठमाडौं । आगामी माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोभिड-१९ विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेख्दै फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन भनेको छ ।

मन्त्रालयको निर्णयअनुसार पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि सोही खोप दिइने मन्त्रालयले जनाएको छ । पूर्ण डोज खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने जनाइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर