कांग्रेसले भन्यो- लिपुलेकमा सडक निर्माण आपत्तिजनक, भारतीय सैनिक फिर्ता हुनुपर्छ – Nepal Press

कांग्रेसले भन्यो- लिपुलेकमा सडक निर्माण आपत्तिजनक, भारतीय सैनिक फिर्ता हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ । लिपुलेक प्रकरणबारे कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर केही दिनअघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो।’

यस्तै विज्ञप्तिमा कालापानीबाट भारतीय सैनिक फिर्ता गर्न पनि कांग्रेसले माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर