भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले जित्यो टेस्ट सिरिज – Nepal Press

भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले जित्यो टेस्ट सिरिज

काठमाडौं । भारतविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाले २-१ ले आफ्नो पोल्टामा पारेको छ । अन्तिम टेस्टमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिज जितेको हो ।

भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाएर पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा किगन पिटरसन नायक बने । उनले ८२ रन बनाउँदै टिमलाई जिततर्फ डोहोर्‍याएका थिए । पहिलो इनिङमा पनि अर्धसतक बनाएका पिटरसन प्लेयर अफ द म्याच बनेका थिए ।

पहिलो इनिङमा भारतले दक्षिण अफ्रिकामाथि झिनो अग्रता लिएको थियो । पहिलो इनिङमा भारतले २२३ र दक्षिण अफ्रिकाले २१० रन बनाएका थिए । दोस्रो इनिङमा भारत १९८ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले सामान्य लक्ष्य पाएको हो ।

यसअघि तीन टेस्टको श्रृंखलामा भारतले सुखद सुरुवात गरेको थियो । पहिलो टेस्टमा जित हासिल गरेको भारतले त्यसपछि लय गुमायो । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले जित्दै श्रृंखला बराबरीमा ल्याएको थियो । तेस्रो टेस्ट पनि आफ्नो पोल्टामा पारेपछि दक्षिण अफ्रिकाले सिरिज जितेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *