यौन दुर्ब्यवहार प्रकरणमा बेलायती राजकुमारले गुमाए शाही सम्मान – Nepal Press

यौन दुर्ब्यवहार प्रकरणमा बेलायती राजकुमारले गुमाए शाही सम्मान

लन्डन । यौन दुर्व्यबहारको घटनामा मुछिएका बेलायती राजकुमार एन्ड्रिउले शाही पदवी गुमाएका छन् । बिहीवार सूचना जारी गर्दै बेलायती राजपरिवारले राजकुमार एन्ड्रिउलाई सैनिक सम्मान र शाही पदवीबाट हटाइएको जनाएको हो ।

महारानी एलिजाबेथका छोरा समेत रहेका एन्ड्रिउविरुद्ध अमेरिकी अदालतमा यौन दुव्र्यवहारको मुद्दा चलिरहेको थियो ।

ड्युक अफ योर्क सम्मानले चिनिने ६१ वर्षिय राजकुमार एन्ड्रिउ अमेरिकी यौन अपराधी जेफरी एपेइस्टनसँगको सम्बन्धको कारण सन् २०१९ मा सार्वजनिक कर्तव्यबाट बिमुख भएका थिए ।

बेलायती शाही परिवारको बिहीवार सार्वजनिक भएको उक्त वक्तव्यबाट एन्ड्रिउले राजपरिवारसँगको सबै सम्बन्ध गुमाएको रोयटर्सले जनाएको छ । बकिंघम दरबारले विज्ञप्तिमा एन्ड्रिउका सबै सम्मानहरु महारानी एलिजाबेथलाई फिर्ता गरिएको जनाएको छ ।

गत बुधबार एन्ड्रिउका वकिलले अमेरिकी न्यायाधीशसामु भर्जिनिया गिरफिरीले लगाएका यौन उत्पिडनका आरोपहरुविरुद्ध प्रमाण पेश गर्न असमर्थ भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर