‘ए’ डिभिजन लिग हेर्न आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य – Nepal Press

‘ए’ डिभिजन लिग हेर्न आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को लिग कमिटिले सहिद स्मारक ‘ए’ डिभिजन लिग हेर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरको छ ।

आजको दोस्रो खेलदेखि लागु हुने गरी दर्शकले रंगशालामा प्रवेश गर्नुअघि पुरा डोज खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने एनफाले बताएको छ ।

देशमा कोरोना संक्रमितकोे संख्या बढेपटिछ दर्शकलाई खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरेको एन्फाले बताएको छ । दर्शकहरु रंगाशाला प्रवेश गर्दा उनीहरुको तापक्रम पनि नापिने छ ।

लिगमा नवौं चरणको खेलहरु आजदेखी सुरु भएको छ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ भने आजै हुने दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर