एमाले बाराको अध्यक्षमा विनोद साह, पदाधिकारीसहित जिल्ला कमिटी सर्वसम्मत – Nepal Press

एमाले बाराको अध्यक्षमा विनोद साह, पदाधिकारीसहित जिल्ला कमिटी सर्वसम्मत

काठमाडौं । नेकपा एमाले बारा जिल्ला कमिटीको दशौं अधिवेशनबाट अध्यक्षमा विनोदकुमार साह सर्वसम्मतरूपमा चयन भएका छन् ।

बुधबार महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनको बन्दसत्रले अध्यक्षमा साहलाई चयन गरेको हो ।

बाराका प्रभावशाली नेता साह कलैया उपमहानगरपालिकाको मेयरमा झिनो मतले पराजित भएका थिए । कमिटीको उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डे र उपसचिवमा भुलन चौधरी तथा अमृत शर्मा बजगाई चयन भएको एमालेले जनाएको छ ।

अधिवेशनले १३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर