स्थानीय तह निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक – Nepal Press

स्थानीय तह निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगको आह्वानमा स्थानीय तह निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । बैठक ११ बजेका लागि बोलाइएको छ ।

‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन लागेपछि आयोगले निर्वाचनको तयारी थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर