एमाले सुनसरीको अध्यक्षमा रेवती भण्डारी विजयी, अरु पदाधिकारी को को ? – Nepal Press

एमाले सुनसरीको अध्यक्षमा रेवती भण्डारी विजयी, अरु पदाधिकारी को को ?

काठमाडौं । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अध्यक्षमा रेवती रमण भण्डारी विजयी भएका छन् ।

भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ मतमा रोकिए ।

अध्यक्षका अर्का प्रत्याशी इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले ८० मतमात्र प्राप्त गरेका छन् ।

संविधानसभा सदस्य समेत रहेका भण्डारी सुनसरीका प्रभावशाली नेता हुन् ।

भीम आचार्यसँगको अन्तरविरोधका कारण उनी २०७४ सालमा प्रतिनिधिसभा सदस्यको टिकटबाट बन्चित भएपछि माधव नेपाल समूह छाडेर केपी ओली पक्षमा लागेका थिए ।

अध्यक्षमा पराजित भएका पोखरेल केही दिनअघिमात्र विवाद समाधानका लागि बनेको अन्तरिम जिल्ला कमिटीको अध्यक्ष थिए । उनी इनरुवा नगरपालिकाका पूर्व मेयर हुन् ।

सुनसरी जिल्ला कमिटीको उपाध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् ।

विजयी र पराजित उम्मेदवारहरुले पाएको मत यस्तो छ ।

जम्मा मतदाता- १८०५

अध्यक्ष

रेवती भण्डारी – ९२०

खेमराज पोख्रेल – ७७५

द्वारिक लाल चौधरी -८०

उपाध्यक्ष

नन्दकुमार बस्नेत -७००

निलम खनाल – १०११

उप-सचिव

अन्जनीकुमार पोख्रेल – ४९७

अर्जुन गहतराज – २२९

पदमप्रशाद लिम्बु – ५२५

योग्यराज खड्का – ५६३

लहरुमाया जिमी – २४९

लोकेश निरौला – ४८४

राम कोइराला – ८२१


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर