कोभिड नियन्त्रणका लागि निर्देशक समिति बनाउने प्रदेश १ सरकारको निर्णय – Nepal Press

कोभिड नियन्त्रणका लागि निर्देशक समिति बनाउने प्रदेश १ सरकारको निर्णय

विराटनगर । प्रदेश नं।१ सरकारको बहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले पाँच वटा विषयमा निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

मन्त्री आङ्बोका अनुसार, बैठकले कोभिड नियन्त्रण रोकथामका लागि निर्देशक समिति बनाउने निर्णय गरेको छ ।

उक्त समितिको अध्यक्ष मुख्यमन्त्री र सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्री र सामाजिक विकास मन्त्री रहने छन् । समितिमा अन्य सदस्यहरु पनि राखिएको छ ।

त्यस्तै, बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयका तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि संघीय समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने आयोजना÷कार्यक्रमको सूची स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

जस अन्तरगत १५ वटा आयोजनाको सूचि तय गरी संघीय सरकारअन्तर्गतको राष्ट्रिय योजना आयोगमा पठाउने बैठकले निर्णय गरेको मन्त्री आङ्बोले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर