प्रधानमन्त्री देउवाको दाेस्रो कोरोना रिपोर्ट पनि नेगेटिभ – Nepal Press

प्रधानमन्त्री देउवाको दाेस्रो कोरोना रिपोर्ट पनि नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

उनको दोस्रो पटक गरिएको परीक्षणको रिपार्ट पनि नेगेटिभ आएको स्वकीय सचिव भानु देउवाले बताए ।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि देउवाले दोस्रो पटक कोरोना परीक्षण गरेका थिए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि ट्रेसिङमा परेका थिए । त्यतिबेला पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

पछिल्लो पटक सचिवालयका केही कर्मचारी र भान्छेलाई पनि कोरोना पुष्टि भएपछि देउवाले दोस्रो पटक परीक्षण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर