सरकार निर्वाचनबाट भाग्न खोज्दैछ : गोकुल बास्कोटा – Nepal Press

सरकार निर्वाचनबाट भाग्न खोज्दैछ : गोकुल बास्कोटा

चितवन । एमाले नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले २०५९ सालमा जस्तै निर्वाचन नहुने गरी शेरबहादुर देउवाले घटना पुनरावृत्ति गराएको आरोप लगाए ।

उनले भने – पोल्टिकली भ्याकेन्सी क्रिएट गर्ने गम्भीर षड्यन्त्रमा सरकार सामेल भएको छ । महिनासम्म सरकार मौन बस्यो, निर्वाचनबाट भाग्न खोजिरहेको छ ।

उनले एमालेले इतिहासमा पहिलोपटक एकल बहुमतको सरकार बनाउने जीकिर गरे । ‘एमालेलाई कसैको बैशाखीको खाँचो छैन’, उनले भने, ‘अब गठबन्धन संस्कृतिको अन्त्य गरेरै छाडिनेछ ।’

उनले एमसीसी पास गर्ने या नगर्नेबारे सरकार पहिले स्पष्ट बन्नुपर्नेमा जोड दिए । ‘सरकारलाई हतारो छ वा पास गर्नुछ भने संसदमा लगियोस्,’ उनले भने, ‘फैसला गर्ने सार्वभौम संसद नै हो, व्यक्ति-व्यक्तिले अध्ययन गरेर हुदैन ।’

उनले विगतका सरकारले नै सम्झौता गरेपछि एमाले सरकारले सभामुखको टेवुलमा लगेको उनले बताए ।

उनले भने – काँक्रो चोर्ने अनि बियाँ दलेर सरकारले उन्मुक्ति पाउँदैन । देश र जनताको हितमा छैन, अन्तर्राष्ट्रिय शक्तिको प्ले ग्राउन्ड बनाउने रहेछ भने लत्रिने वा सन्धि सम्झौता गर्ने पक्षमा हुदैनौँ ।

उनले दलीय मर्यादा र अनुशासन तोड्ने एमालेका १४ जना सांसदलाई कारबाही नगरेर न्यायमा ढिलाई गरेको जिकिर गरे ।

कालापानीमा भारतले बाटो बनाउन खोजेको विषयमा अहिलेको सरकार बोल्नुपर्ने बताउँदै उनले बताए ।


प्रतिक्रिया

One thought on “सरकार निर्वाचनबाट भाग्न खोज्दैछ : गोकुल बास्कोटा

  1. यी विदेशीका दलालहरूलाई जनताप्रति विश्वास छैन । सहारा विदेशी छन् अनि चुनावमा किन जानू ? देउवा भन्ने मान्छे पहिलेदखि नै चुनाव नगराउने, दरवारलाई सत्ता सुम्पने मान्छे हुन् । यिनकाे कुनै भराेसा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर