प्रचण्ड कोरोनाको लक्षणमुक्त, २ दिनपछि पीसीआर परीक्षण गर्ने तयारी – Nepal Press

प्रचण्ड कोरोनाको लक्षणमुक्त, २ दिनपछि पीसीआर परीक्षण गर्ने तयारी

काठमाडौं । कोरोना संक्रमित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वाथ्यमा सुधार आएको छ । २४ पुसमा कोरोना संक्रमित भएका थिए ।

स्वकीय सचिव समेत रहेकी उनकी छोरी गंगा दाहालले सामाजिक संजालमा आफ्ना बुवासँगको तस्बिर राख्दै कोरोनाका लक्ष्मणमुक्त भएको र २ दिनपछि पीसीआर परीक्षण गर्ने जानकारी दिएकी छन् ।

‘बुवाको स्वास्थ्य अवश्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकोले डक्टरको सल्लाह अनुसार अवको २ दिनमा पीसिआर परीक्षण गर्ने र नेगेटिभ नदेखिए सम्म आईसोलेसनमा बस्नुहनेछ,’ उनले लेखेकी छन् ।

माओवादीका दर्जनौं नेताहरु कोरोना संक्रमित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर