दाङमा ‘स्मार्ट लकडाउन’ – Nepal Press

दाङमा ‘स्मार्ट लकडाउन’

दाङ । कोरोना सङ्क्रमण दर बढेपछि दाङमा ’स्मार्ट लकडाउन’ गर्ने निर्णय भएको छ ।

आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बैठकले कोरोनाको संक्रमण दर बढेको भन्दै स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।

जसअनुसार अब दाङमा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरू साँझ ७ बजेसम्म मात्र खोल्न पाइने छ । साथै सार्वजनिक स्थलमा २५ भन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाइएको छ ।

साथै माघको अवसरमा कुनै पनि मेला मोहत्सव सञ्चालन नगर्ने निर्णय भएको हो । साथै दाङका पालिकाहरूमा बढ्ने कोरोना संक्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यलयबाट स्वीकृति लिई पालिकाले थप कडा लकडाउन गर्न समेत सक्ने निर्णय भएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *