शिक्षामन्त्री र केएमसीका प्रिन्सिपलबीच भनाभन(भिडिओसहित) – Nepal Press

शिक्षामन्त्री र केएमसीका प्रिन्सिपलबीच भनाभन(भिडिओसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन् ।

एमबीबीएस अध्ययरत विद्यार्थीसँग अतिरिक्त शुल्क तिर्न दबाब दिएपछि रिले अनसनमा बसेका विद्यार्थी भेट्न शिक्षा मन्त्री पौडेल सिनामंगल पुगेका हुन् ।

रिले अनसनमा बसेका विद्यार्थीको आन्दोलनमा मन्त्री पौडेलले ऐक्यवद्धता जनाउँदै विद्यार्थीहरुलाई नआतिन आग्रह गरे । मन्त्री पौडेलले विद्यार्थीहरुको गुनासो सुने ।

आन्दोलित विद्यार्थीले १३ लाख ४१ हजार रुपैयाँ पहिलो किस्ता बापत बुझाइसकेको र कलेजले थप ३ लाख १० हजार रुपैयाँ मागेको गुनासो गरे । साथै उनीहरुले कलेज प्रशासनले फेल गराउने धम्की समेत दिएको र कति दिन आन्दोलन गर्नुपर्ने भन्दै मन्त्रीसमक्ष प्रश्न गरे ।

मन्त्री पौडेलले धम्की दिएको प्रमाण र अतिरिक्त शुल्क लिएको प्रमाणसहित भोलि शिक्षामन्त्रालय आउन आग्रह गरे । विद्यार्थीको आन्दोलनमा प्रतिवद्धता जनाएर मन्त्री पौडेल कलेज प्रशासनलाई भेट्न केएमसीको प्रशासनमा पुगे । तर केएमसी संचालक सुनिल शर्मा नोबेल कलेजको समस्या समाधान गर्न विराटनगर गएको केएमसी दुवाकोटका प्रिन्सिपल डा. रतिन्द्रमान श्रेष्ठले बताए ।

मन्त्री पौडेलले विद्यार्थीको समस्या समाधान नभएकाले भोलि मन्त्रालयमा कलेज प्रशासनको प्रतिनिधी वार्तामा आउन निम्तो दिन आएको बताए । तर कलेजका प्रिन्सिपल डा. श्रेष्ठले सम्झौता पत्र अनुसार फि लिएको र कलेजको तर्फबाट समस्या नभएको भन्दै दाबी गरे ।

विद्यार्थी अस्पताल अगाडि आन्दोलन गरिराखेको छ कलेजले के रमिता गरेको भन्दै उनीमाथि प्रश्न गरे । बढी फि लिएको प्रमाणित गर्न चुनौती दिए ।

उनले भने- हडताल गर्ने ठाउँ यहाँ होइन चिकित्सा शिक्षा आयोगमा गएर आन्दोलन गर हामी कानुन चिन्दैनौं समस्या ल्याएको चिकित्सा शिक्षा आयोगले हो ।

कलेजका प्रिन्सिपल डा. श्रेष्ठले मन्त्री पौडेलकै अगाडि अतिरिक्त शुल्क लिएको प्रमाणित नभए विद्यार्थीलाई फेल गराइदिने धम्की समेत दिएका छन् । केहीबेर शिक्षामन्त्री र प्रिन्सिपल श्रेष्ठको भनाभन भयो ।

केएमसी अतिरिक्त शुल्क तिर्न दबाव दिएपछि विद्यार्थीहरु ४० दिन यता आन्दोलनरत छन् । केही विद्यार्थीहरु सिनामंगलमा अनसन बसेका थिए। मन्त्री पौडेलले कलेज प्रशासनसँग छलफल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *