‘चपली हाइट’ निर्माताको आरोपबारे स्वस्तिमाको प्रष्टीकरण : मेरा लागि फिल्म र म्युजिक भिडिओ सबै समान छन् – Nepal Press

‘चपली हाइट’ निर्माताको आरोपबारे स्वस्तिमाको प्रष्टीकरण : मेरा लागि फिल्म र म्युजिक भिडिओ सबै समान छन्

काठमाडौं । चपली हाइट ३ शुक्रबारदेखि प्रदर्शन हुँदैछ । तर, फिल्म रिलिजभन्दा निर्माता र नायिकाबीचको विवाद अहिले चर्चामा छ । दुबै एकअर्कामा हार्दिक नदेखिँदा फिल्मको पब्लिसिटी प्रभावित बनेको छ ।

निर्माता अर्जुन कुमारले नायिकाबिनै फिल्म पब्लिसिटी अघि बढाउन खोजे । स्वस्तिमाले साथ नदिँदा प्रवद्र्धन प्रभावित बनेको उनको गुनासो छ । ट्रेलरदेखि पोस्टर समेत सेयर नगरेको आरोप निर्माता समेत रहेका कुमारले स्वस्तिमामाथि लगाउँदै आएका छन् ।

यस्तोमा, फिल्मको रिलिजको एकदिन अघि बिहीबार राजधानीमा स्वस्तिमा अभिनित एक म्युजिक भिडिओ प्रिमियर कार्यक्रम आयोजना गरिएको थियो । सो क्रममा संचारकर्मीले स्वस्तिमालाई निर्माताले लगाउँदै आएका आरोपबारे प्रश्न गरे ।

स्वस्तिमाले आफ्ना लागि सबै काम उत्तिकै समान भएकाले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताइन् । ‘मेरा लागि आज यो गीत महत्वपूर्ण छ भने भोल फिल्म’ उनले भनिन्, ‘गीतलाई छाडेर फिल्मलाई समय दिने, फिल्मलाई छाडेर गीतलाई समय दिने भन्ने हुँदैन ।’

आफूले ट्रेलर र गीत पनि सामाजिक संजालका भित्तोमा सेयर गरेको भन्दै स्वस्तिमाले हेर्न चुनौति समेत दिइन् । सो क्रममा उनीसँगै उभिएका अभिनेताद्धय हरिवंश आचार्य र किरण केसीले पनि सबै मिलेर चपली हाइटको सामूहिक प्रचार गर्ने बताए ।

निर्माता समेत रहेका केसीले चपली हाइट ३ हेर्न हलसम्म पुग्न दर्शकलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर