यतीको ‘यति धेरै क्यासब्याक’ – Nepal Press

यतीको ‘यति धेरै क्यासब्याक’

काठमाडौं । नेपालको अग्रणी हवाई सेवा कम्पनी यती एअरलाइन्सले ‘खल्ती’ सँगको सहकार्यमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने ‘यति धेरै क्यासब्याक’ अफर ल्याएको छ ।

फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यती धेरै क्यासब्याक अफर ल्याएको यती एअरलाइन्सले जनाएको छ ।

यस अफर अन्तर्गत, फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ ।

बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु.३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी ११, २०२२ देखि लागुभई फेब्रुअरी १६, २०२२ सम्म जारी रहनेछ ।

यात्रुले क्यासब्याक पाउन के गर्ने ?

फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न यात्रुहरूले निम्न चरणहरू पालना गर्नुपर्नेछः

यती एअरलाइन्सको एप डाउनलोड गरी रजिष्ट्रर गर्ने वा यती एयरलाइन्सको वेवसाइटमा जानुहोस् ।

आफ्नो गन्तव्य, मिति, यात्रुको संख्या र उमेर समूह छनौटगरी फ्लाइट खोज्नुहोस् ।

आफूलाई उपयुक्त हुने समयमको फ्लाइट छनोट गरेर नेक्स्टमा ट्याप गर्नुहोस् ।

आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र कन्टिन्यू मा ट्याप गर्नुहोस् र विवरण पुनः जाँच गरी ठीक छ भने प्रोसेस गर्नुहोस् ।

रकम भुक्तानीका लागि खल्ति छनौट गरी भुक्तानी गर्नुहा्स् ।

टिकट बुक हुने वित्तिकै प्रयोगकर्ताहरले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्यास पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर