पल्सर क्रिकेट एक्सेलेन्स सेन्टरसँग सम्झौता – Nepal Press

पल्सर क्रिकेट एक्सेलेन्स सेन्टरसँग सम्झौता

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले क्रिकेट एक्सिलेन्स सेन्टर सीइसीलाई प्रायोजन गर्ने सम्झौता गरेको छ ।

अब क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सलेन्स सेन्टरसँग आवद्ध हुन पाउँदा खुसी भएको बताए ।

उनले बजाज पल्सरले नेपाली खेलकुदलाई सधै प्रदवद्र्धन गर्दै आएरहेको पनि बताए ।

पूर्व कप्तान पारस खड्काले भने बजाज पल्सरले क्रिकेटलाई मात्रै नभए अन्य खेलकुदका क्षेत्रमा पनि ठूलो सहयोग रहँदै आएको बताए ।

क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर