पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अपील घिमिरे – Nepal Press

पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अपील घिमिरे

चितवन । पश्चिम चितवनका पत्रकाहरुको बृहत भेलाले २२ सदस्यीय पत्रकार मञ्च गठन गरेको छ ।

पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अपील घिमिरे चयन भएका छन् । उपाध्यक्षमा अनिल भट्टराई र दीपा गौतम, सचिवमा हेमराज रिमाल, सहसचिवमा विवेक पोख्रेरल र विनिता श्रेष्ठ, कोषाध्यक्षमा रविन सुवेदी चयन भएकाछन् ।

सदस्यहरुमा रामशरण गैरे, प्रकाश लामिछाने, हिरालाल आचार्य डायमण्ड, लक्ष्मी ढकाल, पुनम थापा मगर, सविता अधिकारी, समीर चापागाई, अविरल यात्री अधिकारी, देउबहादुर थापामगर, रमेश घिमिरे, किरण सापकोटा प्रेम छन् ।

यस्तै सुरज परियार, पुजा ढकाल, भानुभक्त रानाभाट, संगिता बानियाँ छन् । एक सदस्य पछि कार्यसमितिले मनोनीत गर्नेछ ।

पश्चिम चितवन पत्रकार मञ्च भनेर न्यून सहभागितामा यही २६ गते गठन भएको ११ सदस्यीय कार्यसमिति भंग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर