देव खनाल र अनिल खरेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको जित – Nepal Press

देव खनाल र अनिल खरेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको जित

काठमाडौं । देव खनालको अर्धशतक तथा अनिल खरेलको उत्कृष्ट बलिङमा प्रदेश–२ लाई ४२ रनले हराउँदै लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीले दिएको विजयी लक्ष्य पछ्याएको प्रदेश–२ ले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रनमात्र बनाउँन सफल भयो ।

लुम्बिनीका लागि देव खनालले ३८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन जोड्दै उत्कृष्ट इनिङ खेले । यस्तै, विसार अहमद र सन्दीप रजालीले समान ३० रनको योगदान गरेर पेभेलियन फर्कीए । ओपनर सौरभ खनालले १० रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको प्रदेश–२ का लागि विकेक यादवले २४ बलमा सर्वाधिक ३६ रन बनाउँदै अविजित रहे । सन्तोष कार्की र हरिशंकर झाले समान १४ तथा मोहमद आदिल अलाम र रुपेश सिंहले समान १३ रनको योगदान गरे । महबुब अलाम ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीको बलिङमा अनिल खरेलले चार ओभरमा १३ रन खर्चिदै ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । यस्तै, क्रिष्ण कार्की, सिद्धान्त शाही र बासिर अहमदले समान १ विकेट लिए ।

प्रदेश–२ को वलिङमा रुपेश सिंह र विवेक यादवले समान २ विकेट लिए भने, हरिशंकर शाह, महबुव अलाम र विशाल सुस्लिङले समान १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर