आज ३५५३ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा झन्डै दुई हजारमा संक्रमण पुष्टि – Nepal Press

आज ३५५३ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा झन्डै दुई हजारमा संक्रमण पुष्टि

७६ जिल्लामा फैलियो कोरोना, मुगुमा संक्रमणशून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८१ नमुना (२९२२ पीसीआर र ६३१ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा २७१ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या १४ हजार ३४० पुगेको छ ।

काठमाडौं उपत्यकामा आज १९१६ जना संक्रमित पुष्टि भएका छन् । जसमध्ये काठमाडौंमा १४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० संक्रमित थपिएका छन् ।

आजको दैनिक संक्रमणदर २३.५५ छ ।

काठमाडौं उपत्यकासहित आज कास्की र मोरङ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी पुष्टि भएको छ । आज हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोना पुष्टि भएको छ । मुगुमा मात्र संक्रमणशून्य छ ।

देशभरको औषत संक्रमणदर १६.९ प्रतिशत छ । ३ लाख ५६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर