काठमाडौंमा बढ्यो तरुलको व्यापार (तस्बिरहरु) – Nepal Press

काठमाडौंमा बढ्यो तरुलको व्यापार (तस्बिरहरु)

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ ।

काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताएका छन ।

उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए । गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको साहको भनाई छ ।

यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँ सम्ममा विक्री भईरहेको व्यापारी ईश्वर ढकालले बताएका छन । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढि भएको उनको भनाई छ ।

व्यापारीहरुका अनुसार यस वर्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढि भित्रिएको छ ।

ग्राहकहरुले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन ।

ललितपुरकी मुना थापाले सस्तोमा पाईने भएकाले तरुल खरिद गर्न आफू कालिमाटी तरकारी बजारमै आएको बताइन ।

अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो ।

माघे संक्रान्तिमा तरुल पनि खाने हाम्रो प्रचलन रहि आएको छ । पोषणविद्हरुका अनुसार तरुलले हाम्रो सरिरलाई बलियो बनाउने पोषण दिने गर्दछ ।

तस्बिर : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर