एमाले विवाद समाधान गर्न प्रदेश इन्चार्ज कँडेल दैलेख जाँदै – Nepal Press

एमाले विवाद समाधान गर्न प्रदेश इन्चार्ज कँडेल दैलेख जाँदै

सुर्खेत । नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि भएको मतदानमा ३१ मत फर्जी भेटिएका कारण भएको विवाद समाधान गर्न एमाले स्थायी कमिटी सदस्य एबम कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल दैलेख गएका छन् ।

दैलेखमा ७ सय २१ मतदाता रहेकोमा ७ सय १७ मत खसेको थियो । ती सबै मतपत्र मतगणना क्रममा खोलेर हेर्दा ७ सय ४८ भेटिएपछी एमाले दैलेखमा बिबाद भएको थियो ।

‘एमाले विवाद समाधान गर्न दैलेख जान लाग्नु भएको छ ।’ नेता कडेलका स्वकीय सचिब चतुर्भुज शाहीले भने, ‘उहाले आजै सबै पक्ष सँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।’

एमाले दैलेखको जिल्ला अध्यक्षका लागि सुर्यबहादुर शाही र रबिन्द्र राज शर्माबिच तिब्र प्रतिस्पर्धा चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर