प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई पराजित गर्दै सुदूरपश्चिमको पहिलो जित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई पराजित गर्दै सुदूरपश्चिमको पहिलो जित

काठमाडौं । कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गरेको थियो ।

सुदूरपश्चिमले दिएको १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा अलआउट भयो ।

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ४३ बलमा चार चौकासहित सर्वाधिक ३५ रन को योगदान गरे । यस्तै, अर्जुन घर्तीले २४ बलमा ३० रन र अनुप कुँवर १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमको वलिङमा कप्तान शेर मल्लले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिदैं उत्कृष्ट प्रदर्शन गरे । यस्तै, हेमन्त धामीले २ तथा विकास अग्रि र गजेन्द्र बोहोरा ले समान १ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमका लागि अर्जुन साउदले २३ बलमा सर्वाधिक ३२ रन जोडे । बशन्त कार्की २८, दिपक वोहरा २५ रन, खडक वोहरा २२ रन हेमन्त धामीले १० रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कर्णालीको बलिङमा प्रकाश जैशिले सवौधिक ३ विकट लिए । यस्तै, दिवन पुन र रविन्द्र शाहीले समान २ तथा दिनेश अधिकारीले १ विकेट लिए ।

मुलपानी मैदानमा हुने त्रिभुवन आर्मी क्लब र प्रदेश–१ को खेल चिसो मैदानका कारण रद्द भएको छ । र, दुवै टोलीले अंक बाँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर