एमाले सुनसरीको मतगणना जारी- रेवतीको अग्रता, द्वारिकलाल फराकिलो अन्तरसहित तेस्रोमा – Nepal Press

एमाले सुनसरीको मतगणना जारी- रेवतीको अग्रता, द्वारिकलाल फराकिलो अन्तरसहित तेस्रोमा

काठमाडौं । नेकपा (एमाले)को सुनसरी जिल्ला अध्यक्षको मत गणना जारी छ । अहिलेसम्म ४ सय मत गन्दा रेवती भण्डारीले अग्रता लिएका भने इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकलाल चौधरी भने फराकिलो मतअन्तरसतिह तेस्रोमा छन्।

दोस्रोमा खेमराज पोखरेल छन् । भण्डारीले २ सय, पोखरेलले १ सय ७० र चौधरीले जम्मा २२ मत पाएका हुन । सधै चर्चामा आइरहने मेयर चौधरी एमाले जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनको मतान्तर अस्वभाविक देखिन्छ ।

उपाध्यक्षमा निलम खनाल अगाडि छन् । उनले २ सय २४ र नन्दकुमार बस्नेतले १ सय ४९ मत पाएका हुन् । उपसचिवमा राम कोइलाले अग्रता लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर