एमाले रौतहट अधिवेशन १ माघमा – Nepal Press

एमाले रौतहट अधिवेशन १ माघमा

रौतहट । नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन माघ १ गते हुने भएको छ ।

कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भईरहेको छ ।

‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भने, ‘अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भईरहेको छ ।’

एमाले प्रदेश–२ मा आन्तरिक विवादका कारण सिरहाबाहेक अन्यमा नयाँ नेतृत्व आएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर